इलामको देउमाई नगरपलिका-५ बस्ने रामचन्द्र भट्टराईको भान्सा कोठामा सोमबार विहान आगलागी भएको छ।
आगलागीबाट भट्टराईको घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी ३ लाख ७५ हजार बराबरको क्षति भएको बताइएको छ।
आगलागी प्रहरी चौकी रक्सेबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।