कोप–३० मा नेपालको सहभागिता प्रभावकारी र उपलब्धीपूर्ण : मन्त्री परियार

<span class='c1'>कोप–३० मा नेपालको सहभागिता प्रभावकारी</span> <span class='c2'>र उपलब्धीपूर्ण : मन्त्री परियार</span>

काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री मदन कुमार परियारले यस पटकको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)मा नेपालको सहभागिता प्रभावकारी रहेको बताएका छन् ।

आइतबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले विभिन्न कठिनाई र कमीकमजोरीहरुको बावजुदपनि यसपटकको कोप प्रभावकारी रहेको बताएका हुन् । उनले कोप ३० को बारेमा समितिलाई जानकारी गराउँदै भने, ‘कोप हरेक बर्ष हुन्छ । यो बर्षपनि नेपालको उपस्थिति हुनुपर्छ भन्ने कुरा सबैले स्वीकार गरेर सरकारले सानो साइजमा सरकार प्रमुख जान नसकेपनि एकजना मन्त्रीसहित १५ जना गयौं । विभिन्न कठिनाइहरु, कमीकमजोरीहरुको बावजुदपनि यसपटकको कोप प्रभावकारी रह्यो भन्ने मलाई लाग्छ ।’ उनले कोपमा अहिलेको स्थितिमा सरकार प्रमुखको सहभागिता हुन गाह्रो भएपनि सरकारको तर्फबाट भएको उपस्थिति अत्यन्तै जरुरी रहेको पनि बताए । यसैगरी मन्त्री परियारले एलडीसीहरूको मन्त्रीस्तरीय बैठकमा पनि सहभागी भएको र जलवायु परिवर्तनसम्बन्धी एलडीसी समूहको अध्यक्षता हस्तान्तरण गरिएको जानकारी दिए ।

यसैगरी बैठकमा अर्थसचिव डा.घनश्याम उपाध्यायले जलवायु वित्तको उपलब्धता अन्तर्राष्ट्रियरुपमा प्रतिवद्धता गरे अनुरुप फन्ट नै धेरै सानो भएको बताए । ‘अर्थ मन्त्रालयले महशुस गरेको चुनौति भनेको जलवायु वित्तको उपलब्धता जुन अन्तर्राष्ट्रियरुपमा प्रतिवद्धता गरेको धेरै छन् । तर ति प्रतिवद्धता अनुसार अन्तर्राष्ट्रिय फन्ट नै धेरै सानो छ । एक्सेसमा पनि हाम्रो झन्झटिलो प्रक्रियाले काम गर्न असर गरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्