कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

<span class='c1'>कोशी प्रदेश सरकार जनभावनाअनुसार काम</span> <span class='c2'>गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहो¥याए । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सुधार गर्दै प्राथमिकताका आधारमा बजेट विनियोजन हुनेछ ।’ उनले भने ।
२०७५ सालमा पहिलोपटक ४६ अर्बको प्रदेश बजेट बनेको स्मरण गर्दै हाल बजेट ३६ अर्बमा झरेको परिस्थितिले अपेक्षित काम गर्न कठिनाइ बढेको उल्लेख गरे । जनताको आवश्यकता, विशेषगरी पूर्वाधार र सडक निर्माणका माग तीव्ररूपमा बढ्दो अवस्थामा देशकै अर्थतन्त्र कमजोर भएकोले बजेटको आकार घटेको र त्यसको असर कामकारबाहीमा परेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा ‘कनिका छर्नेजस्तो’ बजेट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गर्दै अब प्रदेश सरकारले स्पष्ट प्राथमिकताका आधारमा बजेट खर्च गर्ने बताए । ‘जनचाहना र जनभावनालाई सम्बोधन गर्दै काम हुनेवाला छ ।’ उनले जोड दिए । यसपटक उद्घाटन गरिएको सुन्दरपुर ब्याडमिन्टन कवर्डहल २०७६÷०७७ मा प्रदेश सरकारबाट ५ लाख र नगरपालिकाबाट १० लाख विनियोजन गरेर निर्माण थालिएको थियो । गत वर्ष चौदण्डीगढी नगरपालिकाले थप ३२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेपछि भवन सम्पन्न भएको हो । सोही कवर्डहलमा मंसिर २० गतेबाट सुरु हुने कोशी प्रदेशस्तरीय ‘उपमेयर कप’ ब्याडमिन्टन प्रतियोगिताको पनि सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्