पर्यटन चलायमान बनाएर बेरोजगारी समाधान गर्न सकिन्छ : बस्नेत

<span class='c1'>पर्यटन चलायमान बनाएर बेरोजगारी समाधान</span> <span class='c2'>गर्न सकिन्छ : बस्नेत</span>

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बहादुर बस्नेतले देशको प्रमुख समस्या बेरोजगारी रहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित पर्यटनमय पोखरा कार्यक्रममा बोल्दै उनले पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई रोजगारी सिर्जनाका मुख्य स्तम्भका रूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए ।

बस्नेतले बेरोजगार युवाको समस्याले असन्तुष्टि, दुर्घटना तथा विभिन्न सामाजिक घटना बढिरहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सके मात्रै रोजगारी विस्तारतर्फ ठोस परिणाम देखिने बताए । उनले भने, ‘मुख्य समस्या यो राष्ट्रको अहिले बेरोजगारी हो । बेरोजगारीको कारणले गर्दाखेरी जे जति घटनाहरु घटिरहेका छन्, असन्तुष्टि र दुर्घटनाहरु बढेका छन् । बेरोजगारीलाई रोकेर रोजगारी शिर्जना गर्ने दुई वटा स्तम्भहरु हामीसँग छन् जसमा पर्यटनलाई चलायमान बनाउनुपर्छ ।’बस्नेतका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत वार्षिक १०–११ लाख विदेशी पर्यटक नेपाल प्रवेश गर्छन् । ‘नेपाल आउने ११ लाख पर्यटकमा कुनै विवाद छैन, तर यसभन्दा बढी पर्यटक भित्र्याउन हामी असफल भइरहेका छौँ,’ उनले भने ।
पर्यटन वृद्धि रोकिएको मुख्य कारण अन्तरदेशीय उडान विस्तार हुन नसक्नु र अन्तर्राष्ट्रिय भाडा अत्यधिक महँगो हुनु रहेको नेता बस्नेतको भनाइ थियो ।

‘हामीले अन्तरमार्ग–देशीय उडान सञ्चालन नगरेसम्म पर्यटक संख्या वृद्धि हुन सक्दैन। भाडा सस्तो नबनाईकन पनि पर्यटक आउने अवस्था छैन,’ उनले भने ।बस्नेतले कृषि आधुनिकीकरण तथा सूचना–प्रविधिमुखी शिक्षामा लगानी बढाए मात्र रोजगारीका नयाँ अवसर सिर्जना हुने र बेरोजगारी नियन्त्रणतर्फ महत्वपूर्ण प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्