सामान्य विवादमा दाजुले छुरा हान्दा भाईको गयो ज्यान

<span class='c1'>सामान्य विवादमा दाजुले छुरा</span> <span class='c2'>हान्दा भाईको गयो ज्यान</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा दाजु–भाईको विवादमा एकजनाको मृत्यु भएको छ । दाजुले छुरा प्रहार गर्दा भाइको निधन भएको छ । सीमा नजिकै घर भएका उनीहरुको विवादको कारण भने खुलेको छैन ।

प्रहरीका अनुसार ३० वर्षीय राजुकुमार साह आफ्ना भाई २८ वर्षीय श्रवण साहलाई छुरा हानेर घाईते भएका थिए । गम्भीर घाइते भएका श्रवणलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक लेखनाथ दाहालले विवाद सामान्य हुँदाहुँदै पनि छुरा प्रहार गर्दा एकजनाको निधन भएको बताएका छन् । उनका अनुसार सीमा नजिकै भएका कारण भाइलाई छुरा हानेर दाजु फरार भएका छन् । उनीहरुको घर भने अलगअलग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्