सिरहाको गोलबजारमा बस दुर्घटनामा चालकको मृत्यु

<span class='c1'>सिरहाको गोलबजारमा बस</span> <span class='c2'>दुर्घटनामा चालकको मृत्यु</span>

सिरहा, बैशाख ६

सिरहाको गोलबजार नगरपालिका ३ स्थित लोकमार्गमा बिहिबार बिहान बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

काठमाण्डौवाट यात्रु लिएर काकडभिट्टा आउँदै गरेको ना ६ ख ४९७७ नम्बरको फिफा बस बिहान ४;१० बजे तिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा परी बसका चालक अन्दाजी ३५ बर्षिय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

बसमा सवार ३३ जना मध्ये जिल्ला ललितपुर नक्खु १४ बस्ने ३२ बर्षिय सुरेश देवकोटा घाईते भई उपचारकालागी भुमिका अस्पताल गोलबजारमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्