आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

<span class='c1'>आज अन्तर्राष्ट्रिय नागरिक</span> <span class='c2'>उड्डयन दिवस</span>

काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । यो दिवस विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरुमा मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । आज अन्तर्राष्ट्रिय हवाई सेवाले मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, यात्रालाई सहज बनाउन आइकाओले गरेको भूमिकालाई स्मरण गरिन्छ ।

सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्