विराट मेडिकल कलेजमा क्याबिनसहित थप १६ शैयाको नयाँ सि.सि.यु सञ्चालनमा

<span class='c1'>विराट मेडिकल कलेजमा क्याबिनसहित थप</span> <span class='c2'>१६ शैयाको नयाँ सि.सि.यु सञ्चालनमा</span>

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सि.सि.यु (CCU) सञ्चालनमा आएको छ।

हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सि.सि.यु (CCU) मा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको छ। हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डा.प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा.माधव विष्टले रिबन काटेर सि.सि.यु (CCU) को उद्घाटन गर्नुभएको थियो। पहिला ९ शैया र अहिले क्याबिनसहित १६ शैया गरि जम्मा २५ शैया सि.सि.यु (CCU) बाट मुटु रोगका बिरामीहरुले उपचार सेवा पाउनु हुनेछ । यो सेवाले पूर्वी नेपालका मुटु रोगका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मुटुको बिरामीको लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । हरेक दिन १४० जना भन्दा बढी बिरामीले आफ्नो मुटुको चेकजाँच गर्न आउनु हुन्छ ।

हस्पिटलको मुटु रोग विभागको क्याथ ल्याबमा एक महिनामा करिब १५० जनाभन्दा बढी बिरामीले विशेष उपचार लिने गर्नु भएको छ। यहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी, परमानेन्ट पेसमेकर इम्प्लान्टेसन र पिटिएमसी लगायत उपचार गरिन्छ। मुटु रोगका बिरामीका लागि यहाँ धेरै सेवा सुविधाहरु उपलब्ध रहेको छ । स्वास्थ्य बिमा, विपन्न नागरिक औषधि उपचार कोष, जेष्ठ नागरिक,भूतपूर्व सैनिक र सामाजिक सुरक्षा कोष जस्ता विभिन्न माध्यमबाट सजिलै उपचार सुविधा लिन सक्नुहुनेछ । मुटु रोग सम्बन्धि सम्पुर्ण जानकारी तथा उपचारका लागि मुटु रोग विभागको हेल्पलाईन नम्बर ९७६१०२४७७० सम्पर्क गर्न सकिने हस्पिटलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्