मोटरसाइकलको ठक्करबाट दुई घाइते

<span class='c1'>मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>दुई घाइते</span>

उदयपुर, बैशाख ६ गते

उदयपुरको त्रियुगा नगरपालिका-१२ मा बुधबार मोटरसाइकलको ठक्करबाट दुईजना पैदलयात्री घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका ६० बर्षिय कुल बहादुर श्रेष्ठ र रौता गाउँपालिका-४ भुटार बस्ने ६६ बर्षिय भिम नारायण श्रेष्ठ रहेका छन्।

गाईघाटबाट बसपार्कतर्फ जादै गरेको स ५ प ५०२९ नम्बरको उक्त मोटरसाइकलको ठककरबाट घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने दुर्घटनामा मोटरसाइकल पछाडी सवार १८ बर्षिय सयल गजमेर समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकल चालक उदयपुर त्रियुगा-१२ बस्ने जयप्रकाश गजमेर उपचारमा संलग्न रहेको नगर प्रहरी कार्यलय गाईघाटले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्