साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छ ः ओली

<span class='c1'>साहित्य सन्तुष्टि मात्र होइन समाज र</span> <span class='c2'>मानव जीवनका लागि हुनुपर्छ ः ओली</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन् ।

शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।
उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव जीवनको लागि र उद्देश्यमुलक साहित्य हुनुपर्छ । साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ । समाजको पथप्रदर्शकको काम गर्छ । त्यस्तै उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउन बताउँदै उनले विश्वका विभिन्न क्रान्तिहरुका प्रेरकहरु ,साहित्यकारहरु र रचनाकारहरु रहेको बताए ।

समाजउपयोगी र समाजलाई वास्तवमा सकारात्मक सहयोग पुर्याउने खालको साहित्य आजको आवश्यकता रहेको उनको भनाइ छ । आफ्ना अनुभूति र साहित्यीक प्रतिभालाई बाहिर ल्याउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्