खोप केन्द्र उद्घाटन

<span class='c1'>खोप केन्द्र</span> <span class='c2'>उद्घाटन</span>

विजय धिमाल
मोरङको साविक राजघाट ८ हाल उर्लाबारी नगरपालिका ९ मा औपचारीक कार्यक्रमगरी मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखद्वारा खोप केन्द्र भवन उद्घाटन गरीएको छ । नेपाल सरकारको दुई लाख दश हजार र स्थानियको श्रमदान साथै लगानिमा करिब एक लाख छब्बिस हजारमा खाप केन्द्र निर्माण गरिएको हो । नेपाल सरकारको रकमद्वारा मोरङ जिल्ला भरी एकै किसिमका १५ वटा भवन विभिन्न ठाउमा निर्माण गरिने भएको हो । यसै अनुरुप अन्य ठाउँ भन्दा सबै भन्दा पहिलो उर्लाबारीको आम्बारी स्थित निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी प्रमुख बिष्णुबहादुर श्रेष्ठले जानकारी दिए । खोप केन्द्रकै छेउमा रहेको अधुरो गाउँघर क्लिनिक सम्पन्न गर्न रकम छुट्याउन पहल गर्ने कार्यकारी अधिकृत अम्विका प्रसाद चम्लागाईले प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै यता उर्लाबारी ८ दुर्गापुरीमा रहेको स्वास्थ्य चौकिमा अघिल्लो समयमा निःशुल्क रुपमा संञ्चालन बिहिन चौबिसै घण्टा प्रसुति सेवा, गर्वपतन सेवा पुनः संचालन भएको र परिवार नियोजन सेवामा नरप्लान, आईयुसिडी सेवा थप गरिएको श्रेष्ठले जानकारी गराए । स्वास्थ्य चौकीको सो सेवालाई पुनः संचालनमा ल्याउन जनस्वास्थ्य कार्यालयका प्रमुखद्वारा मौखिम रुपमा सेवा निरन्तर चलाउन उद्घोस गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता, बिशिष्ठ अतिथिमा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत अम्बिका प्रसाद चम्लागाई, अतिथिहरुमा स्थानिय राजनैतिक दलका नेता तथा प्रतिनिधि, संघसंस्थाका व्यक्ति, समाजसेवि, बुद्धिजीवि रहेकाथिए भने खोप क्लिनिक व्यवस्थापन समितिका अध्यक्ष मेदनि प्रसाद चिमरीयाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम भने स्वास्थ्य चौकी प्रमुख बिष्णुबहादुर श्रेष्ठले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्