मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

<span class='c1'>मधेश प्रदेशमा</span> <span class='c2'>मन्त्रिपरिषद् विस्तार</span>

जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा दुई जना मन्त्रि थपेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्रि कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि मुख्यमन्त्री यादवले सपथ ग्रहण गरेको दिन जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्