विराटनगर । विराटनगर–१२ का आनन्द मण्डल सामान्य कपडा पसल चलाउँछन् । उनको दैनिकी चल्ने त्यहि एउटा पसल हो । उनले २०७७ सालमा चिनजानका तुलसी यादवसँग आठ हजारको लेनदेन कारोबार गरे । कारोबार भएको पाँचवर्ष बितिसक्यो ।
विराटनगर–१२ कै हुन् तुलसी पनि । तर, आनन्दसँग पैसा लिएपछि उनी टाढिदै गए । पैसा फिर्ता माग्दा पनि दिएनन् । बल्लतल्ल दुई हजार पाँचसय रुपैँया उनले दिएका थिए । बाँकी पैसा लिन आनन्दले २०७७ साल जेठमै प्रहरी गुहार्नु परो । लेनदेनको उजुरीमा प्रहरीेले दुई युवाबीच कारोबार मिलाउन भन्यो । सहमति भएपछि उनीहरु निस्कन्थे, फेरी पैसा नपाउने समस्या थियो ।
यसैयसै दिन बित्दा पाँचवर्ष पुग्यो । बीचमा आनन्द विदेश गए । दुईवर्ष बसेर फर्के । विदेश हुँदा पनि आफ्नो सापटी दिएको पैसा फिर्ता मागिरहे । हुन्छ भनेपनि पाएका थिएनन् । विदेशबाट फर्केर उही कपडा पसल सञ्चालन गर्दै आएका आनन्दले गत मंसिर २२ गते दिउँसो पैसा मागेका थिए । पैसा माग्दा उनले अलिक कडिकडाउ पनि गरेका थिए । उनको सिटीको चाबी खोसे । त्यस क्रममा रिङ्ग टुट्यो । त्यसपछि चाबी फिर्ता दिएर मोवाइल खोसे । मोवाइल खोसेर शर्त राखें, आनन्दले भने ‘पैसा लिएर आउनु, मोवाइल लिएर जानु’ । तर, आनन्द दिनभर आएनन् । जब रात परो अनि साँझमा उनी दलबलसहित पसलमा आइपुगे । अनि आनन्दमाथि हातपात गरे । आानन्दको गुनासो छ, प्रहरीमा २०७७ सालदेखि न्याय दिलाउन धाउँदा पनि नभएपछि उनले मनोबल पायो । अहिले त मेरै ऋण पनि नतिर्नु, मलाई नै दलबल लिएर आक्रमण गर्ने स्थितिमा पुग्यो ।
आनन्दलाई हातपात गरेपछि उनी बखरी प्रहरी चौकीमा मंसिर २३ गते गए । प्रहरीमा उजुरी दिए । त्यसपछि दुईतर्फ छलफल भयो, नमिलेपछि वडा प्रहरी कार्यालयमा पठाइएको थियो । तर, कुटपिटबाट हातको औंला भाँचिएका आनन्दले न्याय नपाएको गुनासो गरेका छन् । यता पीडक भनिएको तुलसीले भने दुईतर्फी कुरा मिलिसकेको सुनाए । उनले लेनादेना सबै सकिएको, आ–आफ्नो काममा कसैले बाधा नगर्ने गरी सहमति भइसकेको सुनाए ।
तर, जिल्ला प्रहरी कार्यालयले यो घटनामा पीडकलाई झिकाउन बखरी प्रहरी चौकीलाई निर्देशन दिएको छ । पीडित अहिले न्यायका लागि कुदिरहेका छन् । उनी भन्छन्, सानो कारोबार हो तर पसिनाको कमाईको माया त हुन्छ । त्यसमा पनि उनीमाथि यादवले पैसा नदिने, तेरो प्रहरीले चाँहि के गर्छ भन्दै दवाव दिएपछि उनका लागि यो विषयले घोचेको हो ।