एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

<span class='c1'>एमाले महाधिवेशनअन्तर्गत आज</span> <span class='c2'>मतदान हुँदै</span>

काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।

एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्