मोरङको सुन्दरहरैंचामा बन्ने भयो चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन

<span class='c1'>मोरङको सुन्दरहरैंचामा बन्ने भयो चलचित्रकर्मी</span> <span class='c2'>महासंघ कोशी प्रदेशको भवन</span>

विराटनगर । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आफ्नै भवन बन्ने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा शनिबार भवनको शिल्यनास गरिएको छ । शिल्यानास कार्यक्रममा चलचित्रकर्मी महासंघका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवको अवसरमा भवनको शिल्यनास समेत गरिएको हो ।


कार्यक्रमको संयोजन फ्युचर कोलोनी एण्ड रियल स्टेटका प्रबन्धक याम लामाले गर्नुभएको थियो। कार्यक्रममा महासंघका लागि १० धुर जग्गा उपलब्ध गराउने र सोही जग्गामा १ तले भवन निर्माण गर्ने फ्युचर रियल स्टेटका प्रबन्धक लामाले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चलचित्रकर्मी, गीतसंगीत तथा कला क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिल्यनास पछि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले यस अवसरलाई स्मरणीय बनेको उल्लेख गर्दै फ्युचर रियल स्टेट परिवारप्रति धन्यवाद ज्ञापन गरे । उनले भने, भवन निर्माणले कोशी प्रदेशका चलचित्रकर्मीहरूको लागि स्थायी, व्यवस्थित र साझा थलोको काम गरिनेछ । प्रधानका अनुसार आगामी दिनमा उक्त जग्गामा चलचित्र छायांकन स्टुडियो र १५० सिट क्षमता भएको सिनेमा हल निर्माण गर्ने योजना समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्