अमेरिकि पेस्तोलसहित २ पक्राउ

<span class='c1'>अमेरिकि पेस्तोलसहित</span> <span class='c2'>२ पक्राउ</span>

सुनसरीको ईटहरी उप-महानगरपालिका १७ कान्छीचौकबाट प्रहरीले शनिबार दिउँसो अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ सुन्दर-दुलारी नगरपालिका-६ बस्ने ३३ वर्षिय प्रेम कुमार राई र ईटहरी उप-महानगरपालिका-६ बस्ने २५ वर्षिय अमित सिंह रहेका छन्।
उनिहरुको साथबाट प्रहरीले यू.एस.ए. ७.६५ एमएम लेखिएको पेस्तोल एक थान, ३ राउण्ड गोली लोड भएको म्यागजिन एक थान र खाली म्यागजिन एक थान बरामद गरेको छ।
बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले को २८ प ५७७० नम्बरको मोटरसाईकलमा सवार उनिहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल फेलापारी नियन्त्रणमा लिईएको हो।
पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्