सप्तरीको सम्भुनाथ नगरपलिका-८ मा शनिबार पानी तान्ने मोटरबाट करेन्ट लागेर एक बालिकाकको ज्यान गएको छ ।
शम्भुनाथ नगरपलिका-८ बस्ने सुनिल कुमार दासको ९ बर्षिया छोरी बिभाह कुमारी दासलाई दिउँसो २ बजेतिर नुहाउने क्रममा अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते बालिकालाई उपचारकोलागी सगरमाथा अंचल अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।