विराटनगर । विराटनगर–३ स्थित अनमोल स्पेसल एजुकेशन सेन्टरले स्थापनाको सातौं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । सातवर्षको अवधीमा दुई हजार बालबालिकाले अनमोलमा विशेष शिक्षा प्राप्त गरिसकेका छन् । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित यो पहिलो विशेष विद्यालय हो । अनमोल स्पेशल एजुकेशन सेन्टर संस्थापक एवं प्रिन्सिपल संगीता न्यौपानेले अहिले दैनिक स्कुलिङ्गका लागि भर्ना भएका ७० जना बालबालिका रहेको जानकारी दिइन् । तर, विशेष शिक्षा बाहेक यहाँ दैनिक थेरापी, परामर्शका लागि अटिजम भएका बालबालिकालाई सेन्टरले सेवा प्रदान गरिरहेको छ ।
सातौं वार्षिक उत्सव समारोहका अवसरमा वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमसागर रिमालले अटिजम न्यूरो बायलोजिकल डिसअर्डर भएपनि यो न्यूरो साइक्याट्रिक डिसअर्डर नभएको बताएका छन् । उनले अटिजमले बालबालिकालाई सामाजिकीकरण गर्न गाह्रो हुने बताए । त्यसका लागि विशेष शिक्षाका लागि अनमोल एजुकेशन जस्तो सेन्टरले बालबालिकाको दैनिकी र व्यवहारलाई उत्पादनमुलक बनाउने कार्य गर्दै आएकोमा प्रशंसा समेत गरेका छन् ।
२०७४ सालमा सञ्चालनमा आएको अनमोल स्पेशन एजुकेशन सेन्टरले अटिजम भएका बालबालिकालाई सामान्य जीवनमा फर्काउने प्रयास गर्दै आएको मोर्डनएरा बोर्डिङ स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए । उनले अनमोलमा भर्ना भएका बालबालिका रिकभर भएर आफ्नो विद्यालयमा पढिरहेको अनुभव सुनाए । विशेष विद्यालय भएका कारण अन्य विद्यालयमा भर्ना भइसकेका कतिपय बालबालिका समेत त्यहाँ जाने गरेका छन् ।



अनमोल विद्यालय निर्देशक तथा मनोसामाजिक परामर्शकर्ता डा.अर्चना पोखरेल रिमालले अटिजम भएका बालबालिकाहरुको विकास सामान्यतया अन्य बालबालिका भन्दा फरक किसिमले हुने बताइन् । यस्ता बालबालिकालाई फरक व्यवहार र हाउभाउ देखाउनुपर्ने उनको सुझाव छ । बालबालिकाले आँखा जुधाउन नजुधाउनुु, समूहमा खेल्न नमान्नु, एउटै व्यवहार दोहो¥याई रहनु, एकोहोरिने लगायत विभिन्न प्रतिक्रिया देखिए अटिजम भएको बुझ्न अभिभाकवलाई उनको सुझाव छ ।
अटिजमको लक्षण १८ महिनामा देखिने गरेको छ । देखिएकामध्ये अधिकांशमा गर्भावस्थाबाटै यो समस्या आउने गरेको छ । जसको निरुपणका लागि विभिन्न किमिसका थेरापी लगायतको उपचार पद्धति रहेको छ । जसका लागि विद्यालयलाई पढाईको रुपमा नभई बालबालिकाको भावनाको कदर गर्ने रुपमा विकास गर्नुपर्ने भएकोले पनि अनमोल स्पेशन एजुकेशनको भूमिका महत्वपूर्ण रहेको अभिभावकको भनाई छ ।
अटिजम सामान्य (माएल्ट), मध्यम (मोडियट) र उच्च जोखिम (सिविएर) प्रकारका हुने गरेका छन् । बालबालिकाको बानीको विकासका लागि जोखिमको अवस्था हेरेर ध्यान पु¥याउनु पर्ने हुन्छ । अनमोलले समस्या भएर भर्ना हुँदा पहिलो चरणमा प्ले ग्रुप राखेर मनोरञ्जनात्मक क्रियाकलापमा केन्द्रीत गर्ने गर्दै आएको छ । त्यसपछि बालबालिकाको क्षमता, आवश्यकता पहिचान गरेर उनीहरुमाथि तहगत रुपमा कार्य गरिन्छ । यस विद्यालयमा अकुपेसन, सेन्सरी, स्पीच लगायत बिबिध प्रकारले थेपारी गर्ने गरिएको छ । अर्को भनेको अनमोलमै भर्ना गरेर स्कुलिङ हुने गरेको छ ।
अटिजम के हो ?
अटिजम बाल विकाससंग संबन्धित समस्या हो । यसले बालबालिकाको बोलीचाली र व्यवहारमा असर पारिरहेको हुन्छ । अटिजम जुनसुकै उमेरमा यसको पहिचान भएपनि यसका लक्षणहरु भने बच्चा १८ महिना भएपश्चात मात्र देखा पर्दछ । डाक्टर रिमालका अनुसार अटिजमले ब्यक्तिलाई अन्य व्यक्तिसँग कुराकानी गर्नमा र पारस्परिक सम्बन्ध बनाउनमा नकारात्मक असर पार्छ । कुनै खास कुरामा धेरै रुची लिने, एउटै कुरा वा एउटै काम बारम्बार दोहोर्याइ राख्ने बनाउन सक्छ । व्यक्तिको सिक्ने र काम गर्ने क्षमतामा बाधा पुर्याउँछ ।
अटिजमका लक्षणहरु
–अरुसँग आँखा जुधाउन नसक्नु वा एकदमै कम मात्र हेर्न सक्नु
–अरुतिर नहेरे जस्तो, नसुने जस्तो वा अटेरी भएजस्तो देखिनु
–केही चिज चाहियो भने अरुको हात समातेर त्यो चिज भएतिर लैजानु तर आफ्नो हातले न औल्याउनु
–कसैले बोलाउँदा प्रतिक्रिया नगर्नु वा एकदमै ढिलो प्रतिक्रिया गर्नु
–कुरा बुझेर कुराकानि गर्न कठिनाइ हुनु,
–आफÞूलाइ मन परेको कुराको बारेमा अरुलाई मन परेपनि नपरेपनि कुरा गरिराख्नु, अरुको भावनाको मतलव नराख्नु,
–अनुहारको भाव र हाउभाउ अनुसार कुरा गराई नमिल्नु,
–बोल्दाखेरि गीत गाएजस्तो गरि वा रोबोटले बोले जसरी एउटा लयमा बोल्नु,
–अर्को मान्छेले के भन्न खोजेको हो भनेर बुझ्न नसक्नु
–अर्को मान्छेले के गर्छ होला भनेर अन्दाज लाउन नसक्नु
अटिजममा खास किसिमको व्यवहार पनि हुन्छ
–कुनै शब्द वा कुनै वाक्य दोहोर्याइ राख्नु (इकोलालिया)
–कुनै कुरामा एकदमै बढी लगाव हुनु (कुनै अंकमा, बिचारमा, वा कुनै चिजबिजमा)
–सामानहरुलाई एकदमै ध्यान दिएर हेर्नु (प्राय घुम्ने कुरा वा खेलौनाको टुक्रा हेरिरहनु)
–दैनिक क्रियाकलापमा अलिकतिपनि हेरफेर भयोभने आत्तिनु, रूनू, कराउनु ईत्यादि
–आवाज्, स्पर्श, गन्ध, स्वाद वा दृष्यमा धेरै चाहाना राख्नु वा पटक्कै मन नपराउनु (अटिजम स्पेक्र्टम डिसअर्डर)