कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडित व्यक्तिहरुले गरे नाराजुलुस

<span class='c1'>कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडित</span> <span class='c2'>व्यक्तिहरुले गरे नाराजुलुस</span>

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगप्रति असन्तुष्ट द्वन्द्वपीडित समूदायका व्यक्तिहरुले नाराजुलुस गरेका छन् । लामो समयदेखि आयोग खारेजको माग गर्दै आएका द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् । आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बबरमहलस्थित आयोजना गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको कार्यान्वयनका आवश्यक नियमावलीको मस्यौदामाथि छलफल कार्यक्रममा उपस्थित पीडित समुदायले आयोगको पदाधिकारी नियुक्ति प्रक्रियाको प्रारम्भिक चरणदेखि नै कैफियत रहेको र पीडितको परामर्श बेगर जबर्जस्ती गर्दै अगाडि बढेकोमा आपत्ति जनाउँदै उनीहरूले बिरोध जनाएका हुन् ।

कानुनमन्त्री अनिल सिंह प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सुरुवाती चरणमै कार्यक्रम स्थगन गरि सम्बादको वातावरण बनाउन र आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया खारेज गर्न माग गरेका पीडित समुदायले आयोग विरुद्धको नाराबाजीसँगै कार्यक्रमस्थलमै धर्ना समेत बसेका हुन् । लामो समयदेखि संक्रमणकालिन न्याय प्रक्रियामा पीडित समुदायले सरकार समक्ष आफ्नो माग सहितको ज्ञापन पत्र बुझाउने, ध्यानाकर्षण गराउने र सम्बादको लागि वातावरण बनाउन अपिल गर्दै आएका छन् । तर सरकारले आफ्नो मागलाई बेवास्ता गर्दै अघि बढेको पीडित पक्षको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्