काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

<span class='c1'>काठमाडौं महानगरपालिकाद्वारा राष्ट्रिय नेत्रहीन</span> <span class='c2'>महिला क्रिकेट टोली सम्मानित</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ । आइतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टि–२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो । उक्त प्रतियोगिता कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष रामकुमार केसीले खेलकुदमा समर्थन जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘हरेक खेलकुदलाई हामीले सहयोग गर्दै आइरहेका छौं । खेलाडीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । हाम्रो महिला खेलाडीहरूले क्रिकेटमा धेरै प्रगति गरेका छन् र देशको प्रतिष्ठा बढाएका छन् । यसैले आज हामीले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’
समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्