न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत

<span class='c1'>न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य</span> <span class='c2'>छैन : प्रधानन्यायाधीश राउत</span>

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले देशको हालको राजनीतिक र सामाजिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन् । आइतबार सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको प्रतिष्ठा र मर्यादाप्रति लक्षित सुनियोजित अभद्र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको बताएका हुन् ।प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ । न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन् । आलोचना गर्न पाइँदैन भन्ने होइन, तर तथ्यगत, स्वच्छ र अतिरञ्जित नभएको आलोचना मात्र स्वीकार्य छ ।’यसैगरी उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए ।

उनले भने, ‘मिडियाले सत्यतथ्य उजागर गर्ने कुरामा हामी स्वागत गर्छौं । यदि हामीलाई सुधारिनुपर्ने ठाउँ देखियो भने हामी सुधार गर्छौं, र सचिनुपर्ने अवस्था आएमा सचिन्छौं । तर अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्