झापाको दमक नगरपलिका-१० मा आइतबार यात्रुवहाक बसको ठक्करबाट एक बृद्ध घाइते भएका छन्।
घाइते हुनेम दमक गौरादह बस्ने ८० बर्षिय खेमनाथ निरौला रहेका छन्। निरौलालाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ख ५६१० नम्बरको बसले विहान १० बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट घाइते बृद्धको विपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय दमकले जनाएको छ।