काठमाडौं । एमाले सचिव महेश बस्नेतलाई पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट एकल सिफारिस गरेको । हिजो आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो ।
भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो । बस्नेतले आफूलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन दाबेदारी फिर्ता लिएकोमा राजथला र श्रेष्ठलाई फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट रामप्रसाद सापकोटा (दीपशिखा) सिफारिस भएका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा महेश बस्नेत निर्वाचित भएर उद्योग मन्त्री समेत बनेका थिए । तर २०७९ सालको निर्वाचनमा उनलाई नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले हराएका थिए ।