टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

<span class='c1'>टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र</span> <span class='c2'>मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ</span>

जनकपुर । धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।

 

पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धि कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । ती दुबै जनाले बनाएको भिडियो हेरेर कमला नगरपालिकाका युवाहरु आक्रोसित भएको थिए । सो पश्चात युवाहरुको एक समुहले कमला नगरपालिका ६ सखुवा टोलमा रहेको मस्जिदमा तोडफोड गरी कागजपत्रहरु निकाली धार्मिक ग्रन्थहरुसमेत जलाएका थिए ।

 

सोही तोडफोड र धार्मिक ग्रन्थहरु जलाएको आरोपमा धनुषा प्रहरीले सोही वडाका २५ वर्षिय कपिल भन्ने प्रताप साहलाई नियन्त्रणमा लिएको छ । साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धि कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा थप केही व्यक्तिहरुको संलग्नता रहेकोले उनीहरुको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ । साथै कुनै पनि सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि खल्ल पुर्याउने खालका सामग्री, भिडियो, अडियो, पोस्ट जस्ता कुराहरु अपलोड नर्गन धनुषा प्रहरीले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्