जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो :गृहमन्त्री अर्याल

<span class='c1'>जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक</span> <span class='c2'>रोडम्याप हो :गृहमन्त्री अर्याल</span>

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताए । उनले भने,‘जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो । जेनजीका मुद्दा छलफल हुँदाखेरी जेनजी स्वतः यो छलफलको आदी हिस्सा हो । किनकी सरकारसँग जेनजीले सम्झौता गरेको छ । जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ । त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ अनि मात्र हिंसा दोहोरिदैन् ।’ त्यस्तै उनले विधिको शासन मिचेर गरेको काम सुशासन नुहने धारणा राखे । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यसलाई सुशासन मान्न नसकिने उनको भनाई छ ।

‘विधिको शासन मिचेर गरेको काम सुशासन हुँदैन् । जेनजीको सपना सुशासन हो । सुशासनका लागि विधिको शासन अपरिहार्य छ । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यो सुशासन होइन् । त्यसैले सुशासनको लागि सरकार लागेको हो । गृहमन्त्री त्यसैमा लागेको छ’उनले भने । उनले आफ्नो प्राथमिकता देश जोगाउने कुरामा रहेको बताउँदै सफा नियत हुँदाहुँदै पनि आफ्ना विषयमा बाहिर गलत धारणाहरु आएको गुनासो गरे । ‘मेरो पहिलो प्राथमिकता देश जोगाउने हो । त्यसमा लाग्दा केही कुरा ढिलो भएछन् ,रेसपोन्स समयमा भएन भने त्यसलाई नराम्रो रुपमा नलिनुहोला । मेरो गलत नियत छैन् । म त बीचमा बोल्न पनि नपाउने भएको थिए । बोल्यो कि गलत अर्थ लगाउने काम भयो’उनले भने ।

निर्वाचन सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न हुने उनको दाबी छ । मन्त्री अर्यालले पीडितको न्यायको लागि लडेर आएको मानिस आफू भएको कारण राजनीतिमा नजाने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्