सुनसरीको धरान- १५ स्थित शिवगंगा बस्तिबाट प्रहरीले आइतबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ बर्षिय अमित राई रहेका छन्।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले राईलाई अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एभिल १० एम्पुल, डाईजलोप ९ एम्पुल, लुपिजैसिक १० एम्पुल, गरी जम्मा २९ एम्पुल बरामद गरेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।