राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन

<span class='c1'>राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय</span> <span class='c2'>सहमति आवश्यक : राजेन्द्र लिङ्देन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन् ।

पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् । उनले अबको एकमात्र बाटो कसैले नजित्ने र नहार्ने एवम देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका हुन् । ‘पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहको निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री सुशीला कार्की, नेकाका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाट र छलफल गर्ने अवसर प्राप्त भयो।

गम्भीर र तरल अवस्थामा रहेको साझा निष्कर्ष। अबको एकमात्र बाटो कसैले नजित्ने नहार्ने देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति,’ सामाजिक संजालमा उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्