झापा–५ मा बालेन उम्मेदवारी का अघि बढे,ओलीको पालो १ बजे

<span class='c1'>झापा–५ मा बालेन उम्मेदवारी का</span> <span class='c2'>अघि बढे,ओलीको पालो १ बजे</span>

दमक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह आफ्नो उम्मेदवारी दर्ता गराउन दमक पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा बालेनले उम्मेदवारी दिन लागेपछि अहिले दमकको राजनीतिक वातावरण निकै गर्माएको छ ।

मंगलबार बिहान जनकपुरको कार्यक्रम सकेर झापा आइपुगेका बालेन शाहले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारी दर्ताका लागि बालेन आफ्नो समर्थक र पार्टीका कार्यकर्ताहरूको ठूलो जुलुससहित कार्यालयतर्फ जाने तयारीमा छन् । उनले सामाजिक सञ्जालमार्फत आफू झापा आइपुगेको जानकारी दिँदै चुनावी मैदानमा होमिएको संकेत दिएका हुन् ।

दिउँसो १ बजे ओलीको दर्ता
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आजै दिउँसो १ बजे सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यतालिका छ । ओली सोमबार नै झापा आइसकेका छन् । दुई ुहेभीवेटु उम्मेदवारले केही घण्टाको अन्तरालमा मनोनयन दर्ता गराउने भएपछि दमक चोक र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने दुवै पक्षका कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको छ ।

लामो समयदेखि केपी ओलीको गढ मानिएको झापा–५ मा बालेनको इन्ट्रीले चुनावी प्रतिस्पर्धालाई देशकै सबैभन्दा रोचक भिडन्तको रूपमा हेरिएको छ । युवाहरूको आकर्षण रहेका बालेन र अनुभवी नेता ओलीबीचको यो सिधा प्रतिस्पर्धाले झापामा मात्र नभई देशभर नै नयाँ तरंग पैदा गरेको छ । अहिले दमक चोकमा रास्वपाका कार्यकर्ताहरू बालेनको स्वागत र उम्मेदवारी दर्ताको र्‍यालीका लागि स्वस्फूर्त रूपमा भेला भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्