विराटनगरमा मेयरकप फुटबल : सेन्टजोसेफ स्कुल सेमिफाइनलमा

<span class='c1'>विराटनगरमा मेयरकप फुटबल :</span> <span class='c2'>सेन्टजोसेफ स्कुल सेमिफाइनलमा</span>

विराटनगर माघ ८, 

विद्यालय तहबाटै खेल प्रतिभा पहिचान र उत्पादन गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाद्वारा आयोजित विद्यालयस्तरीय अण्डर–१६ मेयरकप फुटबल प्रतियोगिता निरन्तर जारी छ।

प्रतियोगितामा सेन्टजोसेफ स्कुलले शानदार प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारेको छ र सेमिफाइनलमा स्थान पक्का गरेको छ।
सेन्टजोसेफ स्कुलले पहिलो खेलमा सगरमाथा स्कूललाई २–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा एभरेस्ट स्कूललाई १–० गोलले हराएको सेन्टजोसेफ स्कुलले आज सम्पन्न क्वार्टरफाइनल खेलमा मोडर्न एरा स्कूललाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

आदर्श माध्यमिक विद्यालयको समन्वयमा आयोजना भइरहेको यस प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत गरी २५ वटा विद्यालय सहभागी छन् । प्रतियोगितामा करिब ५ सय विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

महानगरपालिकाका अनुसार मेयरकप फुटबल प्रतियोगिताले विद्यालयस्तरमै खेलकुदप्रतिको रुचि बढाउने, अनुशासन र टीमवर्कको भावना विकास गर्ने तथा भविष्यका खेल प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्