विराटनगरको नोबेल अस्पताल र प्याब्सन विराटनगरबीच सम्झौता, सेवामा आकर्षक छुट

<span class='c1'>विराटनगरको नोबेल अस्पताल र प्याब्सन</span> <span class='c2'>विराटनगरबीच सम्झौता, सेवामा आकर्षक छुट</span>

विराटनगर माघ ९ ,

कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूका लागि विशेष स्वास्थ्य सहुलियतको व्यवस्था गरेको छ।

मिति ७ माघ २०८२ मा विराटनगर महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूमा आबद्ध संस्थापक, शिक्षक तथा कर्मचारीहरूको उपचारलाई सहज, गुणस्तरीय र किफायती बनाउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कार्यसमिति र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच सहुलियतसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

बुधबार आयोजित औपचारिक कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल निर्देशक डा. अशोक कोइराला र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार अब प्याब्सन विराटनगरसँग आबद्ध विद्यालयका संस्थापक, शिक्षक तथा कर्मचारीहरूले नोबेल अस्पतालमा उपचार गराउँदा ओपीडी दर्ता तथा चिकित्सक परामर्श सेवा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्। साथै, अस्पतालका अन्य स्वास्थ्य सेवामा १५ प्रतिशत र दन्तरोगसम्बन्धी सेवामा २५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

उक्त सुविधा लिन प्याब्सनद्वारा जारी आधिकारिक परिचय पत्र वा सिफारिस पत्र अनिवार्य गरिएको छ।

शिक्षा क्षेत्रका सेवाकर्मीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्यले निजी विद्यालय क्षेत्रमा कार्यरत हजारौँ शिक्षक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्