आदर्श मा.वि.लाई मेयरकप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि

<span class='c1'>आदर्श मा.वि.लाई मेयरकप अन्तर</span> <span class='c2'>विद्यालय फुटबल प्रतियोगिताको उपाधि</span>

विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको छ। आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न फाइनल खेलमा आदर्श माविले डनबस्को (निलगिरी) माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै आदर्श माविले नगद १ लाख २५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। फाइनल खेलमा आदर्शका लागि एलन थापा, दिलीप यादव र आदिप्त्य ढुंगेलले समान १–१ गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।

खेलको ‘म्यान अफ द म्याच’ डनबस्कोका उदेश केसी घोषित भए। उनले प्रमाण-पत्र सहित ट्रफी प्राप्त गरे। उपविजेतामा सीमित डनबस्कोले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगितामा सेन्ट जोसेफ माध्यमिक विद्यालय र जनता नमुना माध्यमिक विद्यालय तेस्रो भएका छन्। दुवै विद्यालयलाई नगद ३५–३५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिए।

उक्त अवसरमा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालयले प्राप्त गरेको पुरस्कार रकमबाट विराटनगर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गर्ने घोषणा गर्नुभएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार आदर्शका एलन थापाले प्राप्त गरे भने सबैभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा डनबस्कोका प्रकाश कामत घोषित भए। उत्कृष्ट गोलकिपरको उपाधि आदर्शका योगेश राजवंशीले हात पारे।

समापन कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विजेता टोलीलाई नगदसहित शिल्ड प्रदान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता अत्यन्तै सफल र भव्य भएकोमा खुशी व्यक्त गरे। साथै उनले आगामी वर्षदेखि प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाइने प्रतिबद्धता जनाए। हारजित खेलको स्वाभाविक पाटो भएको उल्लेख गर्दै पराजित खेलाडीहरूलाई निराश नहुन र आगामी प्रतियोगितामा विजेता बन्ने लक्ष्यसहित आजैदेखि तयारी गर्न आग्रह गरे।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले छोटो तयारीका बीच पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए। आदर्श माविका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीहरूको उत्कृष्ट समन्वय र निरन्तर मेहनतका कारण उपाधि जित्न सफल भएको बताए। त्यस्तै, टोलीका म्यानेजर शिवकुमार राईले खेलाडीहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्