बालेनले जित्दाको ‘लौरो’ सम्झँदै मोरङका ६ निर्वाचन क्षेत्रबाट २५ स्वतन्त्र उम्मेदवार चुनावी दौडमा

<span class='c1'>बालेनले जित्दाको ‘लौरो’ सम्झँदै मोरङका ६ निर्वाचन</span> <span class='c2'>क्षेत्रबाट २५ स्वतन्त्र उम्मेदवार चुनावी दौडमा</span>

विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उमेदवारको चर्चा उधुमै उचाईमा थियो । कारण थियो, काठमाण्डौं महानगरपालिकामा बालेनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । चिन्ह पाएका थिए लौरो । यहि लौरो चिन्ह लिएर बालेन निर्वाचित भए । उनी मात्रै निर्वाचित भएनन्, लौरो ब्राण्ड बन्यो अनि धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढीमा गोपी हमाल समेत स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका थिए ।

त्यो स्वतन्त्र उम्मेदवारीबाट राजनीतिमा प्रवेश गरेका बालेन शाह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुन् । अझै उनी यो पार्टीबाट प्रधानमन्त्रीको रुपमा अगाडी सारिएका छन् । शाहले स्वतन्त्र उम्मेदवारीबाट काठमाण्डौं महानगरपालिकाको मेयर हुँदै प्रधानमन्त्री बन्ने दौड समात्दा जोखिम निभाएर निर्वाचन मौदान समाएका छन् । उनी एमालेका अध्यक्ष एवं जेनजी आन्दोलनबाट प्रधानमन्त्रीको कुर्सीबाट छोड्नु परेका केपी शर्मा ओलीसँग चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ फागुन २१ गतेका लागि मोरङमा दल र स्वतन्त्र गरेर ११० जना मैदानमा छन् । त्यसमध्ये दल भन्दा बाहेक स्वतन्त्रका २५ जनाले चुनावी मैदान रोजेका छन् ।
मैदान रोज्नेहरुले विभिन्न चुनाव चिन्ह लिएका छन् । स्वतन्त्र उम्मेदवारहरुको नाम मुख्य प्रतिस्पर्धीको रुपमा कम आउने गर्दछ । त्यसलाई उनीहरुले स्थानीय तह निर्वाचन २०७९ मा लौरो लिएका बालेनलाई सम्झेर मिडिया स्पेस दिनुपर्ने माग गर्ने गरेका छन् ।

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये १ नम्बर निर्वाचन क्षेत्रमा मिलन भण्डारी सारङ्गी चिन्ह, यामप्रसाद दाहाल ठेकी, प्रेम बर्देवा ट्रफी, ईश्वोर वाग्ले दुरबिन, पशुपति घिमिरे कैंची चिन्हमा चुनाव लड्दैछन् ।
यसैगरी क्षेत्र नम्बर २ मा नरेह कुमार साह क्यामरा, अनिलकुमार साह झोला, राजन निरौला आँप, बुधु ऋषिदेव कैंची चिन्हमा उम्मेदवारी दिएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा तेजप्रसाद भण्डारी कप र प्लेट अनि गणेश मिश्र क्यामरा चिन्हमा उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ४ मा भक्त मणी दाहाल मुढा, बिनोद कुमार कार्की आसकोट, ज्ञानेन्द्र खत्री त्रिभुज चिन्ह लिएर चुनावमा होमिएका छन् ।
क्षेत्र नम्बर ५ मा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा सुजित कुमार साह त्रिभुज, जय नारायण शर्मा स्टुल, सूर्य नारायण ठाकुर भँगेरा, ममता यादव दूरबिन, मोहमद रेजा हुसैन ट्रफी, राजकुमार राजबंशी आँप, अमर कुमार यादव केराको काँइयो र विकास श्रेष्ठ जीप चिन्ह पाएर चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर ६ मा किरण खड्का झोला, खडानन्द रिजाल मुढा र उत्तम दाहाल मसी चिन्ह लिएर स्वतन्त्र उम्मेदवार रहेका छन् । सबैभन्दा धेरै क्षेत्र नम्बर ५ मा ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । बालेनको लौरो जस्तो यी उम्मेदवारले सारङ्गी, ठेकी, ट्रफी, दूरबिन, क्यामेरा, झोला, आँप, कप र प्लेट, मुढा, आसकोट, त्रिभुज, स्टुल, भँगेरा, केराको काइँयो, जीप र मसी लिएका छन् । मोरङमा दल र स्वतन्त्र गरेर ११० जना उम्मेदवार हुँदा क्षेत्रगत रुपमा १ मा १७ जना, २ मा १७ जना, ३ मा १८ जना, ४ मा १९ जना, ५ मा २२ जना र ६ मा १७ जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्