विराटनगर । राष्ट्रिय आदीवासी जनजाती महिला मञ्च प्रदेशले निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता विषयक तीन दिने गोष्ठि मोरङको उर्लाबारीमा सम्पन्न गरेको छ । टेवा महिला कोष ललितपुरको सहयोगमा आयोजित कार्यक्रममा २९ जना आदिवासी महिलाहरुको सहभागिता रहेको थियो ।
निर्णायक तहमा महिलाको पहुँच र निर्वाचनमा आदिवासी महिलाको पहुँच पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मञ्च कोशी प्रदेशकी अध्यक्ष माया बान्तवा राईले बताइन। उनका अनुसार कार्यक्रमको सहजीकरण अधिवक्ता भिम राई, गोपाल देवान र डा. शान्तिदेवी राईले गरेका थिए ।