जिल्ला अदालत झापाबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादीहरु खोजतलास गर्ने अभियान अन्तर्गत मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन मुद्धामा फरार रहेका झापा मेची नगरपालिका १२ बस्ने २६ बर्षिय सुभाष आचार्य रहेका छन्। उनलाई अदालतको मिति गत २०७१ साल फाल्गुन २५ गतेको फैसलाले ८ दिन कैद र १ लाख ७ हजार १ सय ५० रुपैयाँ जरिवाना सजाय तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।