विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार भएको हिसान भलिबलको उपाधि छात्रतर्फ राष्ट्रनिर्माण कलेज छात्रातर्फ रेडस्टार कलेजले जितेको छ ।
दिल्ली पब्लििक स्कुलको मैदानमा भएको फाइनल खेलमा छात्रतर्फ राष्ट्रनिर्माण कलेजले कान्तिपुर कलेजलाई २५–१७, २५–१७, २३–२५ र २५–१६ को सेटलले पराजित गरि उपाधि जितेको हो । प्रतियोगिताको उत्कृष्ट स्पाइकर राष्ट्रनिर्माणको राजेश मरण्डि, उत्कृष्ट सटर राष्ट्रनिर्माणकै चन्द्र श्रेष्ठ , प्लेयर अफ सिरिज राष्ट्रनिर्माणकै कमल तिवारी,उत्कृष्ट लिवेरो कान्तिपुरका विपिनकुमार चौधरी, उत्कृष्ट सर्भर कान्तिपुरकै निशन मगर र उत्कृष्ट ब्लकर कान्तिपुरकै मनोज विस्वास घोषित भए ।
छात्रातर्फ रेडस्टार कलजेले राष्ट्रनिर्माण कलेजलाई २५–१२, २५–१५ र २५–१८ को सोझो सेटलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको उत्कृष्ट स्पाइकर रेडस्टारकी कुञ्जन राई, प्लेयर अफ सिरिज र उत्कृष्ट डिफेन्स रेडस्टारकी स्मृती राई, उत्कृष्ट सटर राष्ट्रनिर्माणकी शिखा लामिछाने , उदयमान खेलाडी विकेभिएमकी सलिस्ना सिंह घोषित भइन् ।