निर्वाचनतालिका फेरबदलका कारण निर्वाचन अधिकृतहरु फिर्ता

<span class='c1'>निर्वाचनतालिका फेरबदलका कारण</span> <span class='c2'>निर्वाचन अधिकृतहरु फिर्ता</span>

भद्रपुर । स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आउनुभएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आइसक्नुभएको थियो ।

प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । निर्वाचन तालिका फेरबदल नभएको भए मंगलबारै सबै निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आउने कार्यक्रम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्