झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता साथै कार्यकर्ता भेटघाटमा व्यस्त छन् । झापा क्षेत्र ५ का विभिन्न स्थानमा पुगेर उनले मतदाताहरुको प्रतिक्रियाहरु लिइरहेका छन् । शुक्रबार झापा ओर्लिएका उनी झापाली जनतासँग प्रत्यक्ष साक्षत्कार गरिरहेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि झापा ५ बाट उम्मेदवार बनेका उनी शनिबार कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरेका थिए ।
भेटघाटका क्रममा मतदाताले जेनजी आन्दोलनको कारण र नेताको घरमा भेटिएका पैसाका बारेमा प्रश्न गरेका थिए । ओली एक साता झापा बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
ओलीसँग झापा ५ मा रास्वपाका वरिष्ठ बालेन शाह चुनावी प्रतिस्पर्धामा रहेकाले आफ्नो चुनावी गतिविधिलाई बढाएका हुन् ।