वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

<span class='c1'>वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा</span> <span class='c2'>जोड दिन गभर्नरको अनुरोध</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय प्रणालीमा स्थायित्व, पारदर्शिता र जिम्मेवार व्यवस्थापन कायम राख्न आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकिङ प्रणालीको मजबुती र आम जनताको विश्वास कायम राख्न नियामक मापदण्डको पालना गर्नु अत्यावश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘सुरक्षित, पारदर्शी र दिगो वित्तीय प्रणाली हाम्रो आर्थिक विकासको आधार हो । यसलाई सुनिश्चित गर्न सबै बैंक र वित्तीय संस्था जिम्मेवार हुनुपर्छ ।’

उनले डिजिटल बैंकिङ र आधुनिक वित्तीय प्रविधिको प्रयोगसँगै जोखिम व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए ।

साथै, डिजिटल प्रणालीमा हुनसक्ने साइबर जोखिम, अनियमित लेनदेन र वित्तीय अपराधबाट बच्न प्रभावकारी निगरानी र आन्तरिक नियन्त्रण अनिवार्य रहेको पनि उनको भनाई छ ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूमा दक्ष मानव संसाधन, विकास, कर्मचारी प्रशिक्षण, आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउने र वित्तीय अपराध रोकथामका उपायहरूलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

गभर्नर पौडेलले संस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्नो प्रणाली सुधार्न र आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउँदै आम नागरिक र लगानीकर्ताको विश्वास कायम राख्न पनि अनुरोध गरे ।

उनले वित्तीय संस्थाहरूलाई आफ्नो प्रणालीलाई नियमित रूपमा मूल्याङ्कन गर्न, जोखिम पहिचान र व्यवस्थापनमा सक्रिय रहन र वित्तीय समावेशीकरणलाई ध्यानमा राख्दै सबै वर्गका नागरिकलाई सेवा पुर्याउन सुझाव दिए ।

‘वित्तीय संस्थाहरूले पारदर्शिता, जिम्मेवारी र सुरक्षित प्रणाली सुनिश्चित गरेर मात्र ग्राहक र लगानीकर्ताको विश्वास जित्न सक्छन् । यसले दीर्घकालीन आर्थिक स्थायित्व र समावेशी विकासमा योगदान पुर्याउँछ ।’ उनले थप भने,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्