काठमाडौं । पिपुल फष्र्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ ।
पिपुल फष्र्ट पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको ठहर गरेका छन् । निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको बातावरणप्रति शंका उब्जिएको पनि उनले जनाएका छन् । उक्त घट्नामा संलग्न जो कोहि भएपनि आवश्यक खोजी तथा छानविन गरि दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । साथै हमलामा घाईते भएका उम्मेदवारको उपचार तथा पुर्ण सुरक्षाको व्यवस्था मिलाउन हामी सरकार संग जोडदार माग समेत गरेका छन् ।

प्रेस विज्ञप्ति
हाम्रो पार्टी,पिपुल फष्र्ट पार्टीटीका तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार जावेद एकवाल हैदर माथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटना प्रति हाम्रो विशेष ध्यानाकर्षण भएको छ। निर्वाचन अबधिमा उम्मेदवारमाथि यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक छ। हामी यसको घोर निन्दा र भत्र्सना गर्दछौं। निर्वाचन अबधिमा उम्मेदवार माथि हुने यस्ता हमलाले निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको बातावरण प्रति शंका उब्जिएको छ। हामी निर्वाचन आयोग, निर्वाचन कार्यालय र सुरक्षा निकायको विशेष ध्यानार्कषण गराउन चाहान्छौं ।
यस कार्यमा संलग्न जो कोहि भएपनि आवश्यक खोजी तथा छानविन गरि दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । हमलामा घाईते भएका उम्मेदवारको उपचार तथा पुर्ण सुरक्षाको व्यवस्था मिलाउन हामी सरकार संग जोडदार माग गर्दछौं ।
प्रशान्त सिंह
संयोजक
पिपुल फष्र्ट पार्टी