कोशी प्रदेशमा ‘उम्मेदवार मेला २०२६’ संवाद, फागुन ९ गते कार्यक्रम हुने

<span class='c1'>कोशी प्रदेशमा ‘उम्मेदवार मेला २०२६’ संवाद,</span> <span class='c2'>फागुन ९ गते कार्यक्रम हुने</span>

नेपालभर भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको राष्ट्रिय संवाद शृङ्खला ‘उम्मेदवार मेला २०२६’ को चौथो सत्र कोशी प्रदेशका लागि आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको पहलमा आयोजना हुन लागेको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रम फागुन ९ गते साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म जुममार्फत् भर्चुअल रूपमा सञ्चालन हुनेछ । कार्यक्रम आवर विराटनगरबाट लाइभ पनि हुनेछ । कोशी प्रदेशका नागरिक तथा युवाहरूले डिजिटल रूपान्तरण, सुशासन, युवा रोजगारी, शिक्षा, आर्थिक विकास, पर्यटन, कृषि, स्वास्थ्य तथा समावेशी विकासजस्ता राष्ट्रिय प्राथमिकताका विषयमा उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न–उत्तर र संवाद गर्न सक्नेछन् ।

आईसीटी फाउन्डेसन नेपाल
का कोशी प्रदेश प्रतिनिधि केशब भण्डारीका अनुसार ‘उम्मेदवार मेला २०२६’ नागरिक, युवा नेताहरू, आईसीटीविज्ञ, उद्यमी तथा नीति–निर्माणसँग सम्बन्धित सरोकारवालालाई राजनीतिक उम्मेदवारहरूसँग जोड्ने अन्तरक्रियात्मक मञ्चका रूपमा डिजाइन गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य महत्त्वपूर्ण राष्ट्रिय प्राथमिकताका विषयमा रचनात्मक संवाद प्रवर्द्धन गर्नु रहेको उनले बताए ।

भण्डारीका अनुसार कोशी प्रदेशभरका विभिन्न जिल्लाका उम्मेदवारहरूलाई कार्यक्रममा जोड्ने प्रयास गरिएको छ । मतदाताहरूले पनि जुममार्फत् सहभागी भई उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न सोध्न सक्नेछन् ।

कार्यक्रम तालिका अनुसार फागुन ७ गते कर्णाली प्रदेश, फागुन ८ गते सुदूरपश्चिम प्रदेश, फागुन ९ गते कोशी प्रदेश, फागुन १० गते गण्डकी प्रदेश, फागुन ११ गते बागमती प्रदेश, फागुन १२ गते मधेस प्रदेश तथा फागुन १३–१४ गते बागमती प्रदेश ९काठमाडौँ केन्द्रित विशेष सत्र० आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्