मोरङ, बैशाख १५
मोरङको बुढीगंगा गाउँपालिका-७ मा विहीबार धारीलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्।
बुढीगंगा गाउँपालिका-७ बस्ने ४५ बर्षिय झगरो माझी र उनकै छोरा २२ बर्षिय भागरत माझीलाई सोही ठाउँका अन्दाजी २४ बर्षिय मोहन चौधरीको लगायत समुहले धारीलो हतियार खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेका बाबु छोराको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने समुह फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हरैचाल जनाएको छ।