किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध

<span class='c1'>किसानलाई एक थान</span> <span class='c2'>हाते ट्याक्टर उपलब्ध</span>

सुरुङ्गा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ ।

साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका किसान सूर्यकुमार भट्टराईलाई सहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मी भण्डारीले हाते ट्याक्टर बिहीबार प्रदान गरे ।

रु एक लाख मूल्य पर्ने सो हाते ट्याक्टर कारितास नेपालको ६० प्रतिशत अनुदान र ४० प्रतिशत किसान स्वयम्ले व्यहोरेपछि ट्याक्टर खरिद गरिएको थियो । दुई बिगाहा जग्गा लिजमा लिएर टमाटर, कोपी, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका भट्टराईले उत्कृष्ट कार्य गरेको भन्दै उनलाई हाते ट्याक्टर प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्