प्रथम सगरमाथा कप ३x३ बास्केटबल: छात्रतर्फ बीबीए र छात्रातर्फ हुपस्टर्स विजयी

<span class='c1'>प्रथम सगरमाथा कप ३x३ बास्केटबल: छात्रतर्फ</span> <span class='c2'>बीबीए र छात्रातर्फ हुपस्टर्स विजयी</span>

विराटनगर । विराटनगरस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलको आयोजनामा 'प्रथम सगरमाथा कप ३x३ बास्केटबल च्याम्पियनसिप' भव्य रूपमा सम्पन्न भएको छ। फागुन ९ गते आयोजित एकदिने यस विशेष खेलकुद प्रतियोगितामा विराटनगरका विभिन्न विद्यालय र क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। छात्रतर्फ कुल १२ टिम र छात्रातर्फ ७ टिम गरी जम्मा १९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताले स्थानीय स्तरमा बास्केटबल खेलको प्रवर्द्धन र युवा प्रतिभाहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ।

छात्रतर्फको रोमाञ्चक फाइनल भिडन्तमा विराटनगर बास्केटबल एकेडेमी (BBA) ले आयोजक सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुललाई २१–१६ को स्कोरमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको छ। उक्त प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका बीबिएका बर्दान कुमार शाह 'मस्ट भ्यालुएबल प्लेयर' (MVP) घोषित भए भने सगरमाथा बालर्सका मोहम्मद प्रवेज आलमले 'इमर्जिङ प्लेयर'को अवार्ड जितेका छन्। खेलको अन्तिम समयसम्म दुवै टोलीबीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो।

त्यसैगरी, छात्रातर्फको फाइनल खेलमा 'हुपस्टर्स' (HOOPSTERS) ले 'द मिराकल्स' (The Miracles) लाई १४–०४ को फराकिलो अन्तरले हराउँदै प्रथम सगरमाथा कपको उपाधि जितेको छ। हुपस्टर्सकी आरती लिम्बु प्रतियोगिताको 'मस्ट भ्यालुएबल प्लेयर' (MVP) बन्न सफल भइन् भने सगरमाथाकी एस्तर राईले 'इमर्जिङ प्लेयर'को उपाधि प्राप्त गरिन्। छात्रातर्फको खेलमा हुपस्टर्सले सुरुवाती समयदेखि नै खेलमा आफ्नो दबाब कायम राखेको थियो।

प्रतियोगिताको समापन समारोहमा विजयी तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो। सगरमाथा स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, अध्यक्ष सुनील प्रधान र बीबिए (BBA) का अध्यक्ष सरोज लम्सालले विजेताहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल त्रिलोचन गौतमले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्