मोरङमा ८ हजार सुरक्षाकर्मी परिचालन, ४७ मतदान स्थल अति संवेदनशील सूचीमा

<span class='c1'>मोरङमा ८ हजार सुरक्षाकर्मी परिचालन, ४७</span> <span class='c2'>मतदान स्थल अति संवेदनशील सूचीमा</span>

विराटनगर । अगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मोरङमा सुरक्षा परिचालन तीव्र पारिएको छ। स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकायका पदाधिकारीहरू दिनरात खटिएको प्रशासनले जनाएको छ।

मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यस वर्ष जिल्लाका ४७ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। सुरक्षा निकायको अध्ययनअनुसार १२५ स्थल संवेदनशील र १३४ स्थल सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। विगतका घटनाक्रमलाई मध्यनजर गर्दै तीन तहमा मतदान स्थल छुट्याइएको उनले बताए।

कोइरालाका अनुसार निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनासहित करिब ८ हजार हराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अति संवेदनशील मतदान स्थलहरूमा बढी संख्यामा सुरक्षाकर्मी खटाइने र विशेष निगरानी गरिने व्यवस्था मिलाइएको छ।

यसपटक मोरङमा ३०६ मतदान स्थल र ८८८ मतदान केन्द्र कायम गरिएको छ। भारतसँगको सीमा (बोर्डर)
नजिक रहेका मतदान स्थलहरूलाई अति संवेदनशील मान्दै विशेष सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ।

यस वर्ष होली पर्व पनि निर्वाचनको मौन अवधिभित्र परेकाले सुरक्षा दृष्टिकोणले घरमै मर्यादित रूपमा पर्व मनाउन प्रशासनले आग्रह गरेको छ। निर्वाचन राष्ट्रका लागि ठूलो पर्वसरह भएकाले यसलाई सफल बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने कोइरालाको भनाइ छ।

उनले उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गर्दै मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।

अति घनाबस्ती रहेका मतदान स्थलहरूमा उच्च सतर्कता र कडा निगरानीको व्यवस्था गरिने प्रशासनले जनाएको छ। निर्वाचन सुरक्षा रणनीतिअनुसार मतदान स्थलको सुरक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्