होलीले राष्ट्रिय एकता सुदृढ बनाउछ : मुख्यमन्त्री कार्की

<span class='c1'>होलीले राष्ट्रिय एकता सुदृढ</span> <span class='c2'>बनाउछ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

होली पर्वको अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक अवस्थाबाट मुलुकलाई सही निकास दिन राष्ट्रिय शक्तिलाई एकीकृत गर्न आवश्यक रहेको बताएका हुन् ।

रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्न प्रेरणा दिने उनले उल्लेख गरेका छन्।

भ्रम र निराशा फैलाउने प्रवृत्तिलाई परास्त गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्न होली पर्वले सबैलाई उत्प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ। उनले आफ्नो विवेक, बुद्धि र क्षमताको सही प्रयोग गरी राष्ट्र निर्माणको साझा लक्ष्य पूरा गर्न सबै नेपाली अग्रसर हुनुपर्ने बताएका छन्।

‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न होलीले उत्साह र प्रेरणा जगाउने विश्वास पनि उनले व्यक्त गरेका छन्। नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकाले यहाँका मौलिक परम्परा, संस्कृति र पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्