मोरङ ५ मा जातो चुनाव चिन्ह लिएर उम्मेदवार दिएका नरेश लाभ रास्वपा प्रवेश

<span class='c1'>मोरङ ५ मा जातो चुनाव चिन्ह लिएर</span> <span class='c2'>उम्मेदवार दिएका नरेश लाभ रास्वपा प्रवेश</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर–५ मा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । जनता समाजवादी पार्टी (अशोक राई ), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीका संयुक्त उम्मेदवार नरेश लाभले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने घोषणा गर्दै रास्वपा प्रवेश गरेका छन् ।


उनलाई सोमबार उनकै निवासमा रास्वपाबाट उम्मेदवार दिइएकी क्षेत्र नम्बर ५ की आशा झा रास्वपाका कार्यकर्ता विरेन्द्र साह लगायत अन्य पार्टीका समर्थकहरुले उनलाई फुलमाला खादा र अभिर लगाएर भव्य स्वगत गरेका थिए ।


लाभले यस अघि ‘जातो’ चुनाव चिह्न लिएर सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि गाँउ गाँउमा गएर भोट मागिसकेका थिए । उनले उम्मेदवारी निष्क्रिय बनाएसँगै मोरङ–५ को चुनावी समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ ।
लाभले आफ्नो पार्टी परित्याग गर्दै मोरङ–५ मा रास्वपाकी उम्मेदवार आशा झालाई सघाउन बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्