विराटनगरका होटल ७ बजेपछि बन्द, प्रहरीको निगरानी

<span class='c1'>विराटनगरका होटल ७ बजेपछि</span> <span class='c2'>बन्द, प्रहरीको निगरानी</span>

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मोरङमा सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी सूचनाअनुसार होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार, गीत–गजल लगायतका रात्रीकालीन व्यवसायहरू फागुन १७ गतेदेखि निर्वाचन परिणाम घोषणा नहुँदासम्म बेलुका ७:०० बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको उल्लेख छ। प्रशासनले सम्बन्धित सबै व्यवसायीलाई तोकिएको समयसीमा पालना गर्न आग्रह गरेको छ। नियम उल्लघन गरिएको पाइएमा कानुन बमोजिम कारवाही गरिने जानकारी दिएका छन । मतदान फागुुन २१ गते विहीबार हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्