काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा। शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् ।
उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा। कोइरालालाई सघाउने निर्णय गरेका हुन्।
यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तिलक राजवंशी र जनता समाजवादी पार्टीका महमद जाविरले कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।