ओखलढुंगामा टिपर दुर्घटना, भीरमा एक जनाको शव फेला

<span class='c1'>ओखलढुंगामा टिपर दुर्घटना, भीरमा</span> <span class='c2'>एक जनाको शव फेला</span>

ओखलढुंगा । ओखलढुंगा सदरमुकामनजिकै टिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

सोलुखुम्बु जाने सडक खण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो । दुर्घटनाग्रस्त टिफर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको छ । घटनास्थलमा सुरक्षाकर्मी पुगेर आवश्यक उद्धार तथा अनुसन्धान कार्य सुरु गरिएको छ ।

दुर्घटनाको कारण तथा मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्