मोरङमा प्रहरीको अनुरोध ढुक्कले मतदान गर्नु, बिथोल्ने समूह निस्क्रिय

<span class='c1'>मोरङमा प्रहरीको अनुरोध ढुक्कले मतदान</span> <span class='c2'>गर्नु, बिथोल्ने समूह निस्क्रिय</span>

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङमा चुनाव बिथोल्ने प्रयासमा सक्रिय समूहहरूमाथि प्रशासनले कडा निगरानी बढाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कबित कटुवालका अनुसार निर्वाचनमा बाधा पुर्‍याउने र शान्ति सुरक्षा भंग गर्ने उद्देश्यले केही समूह सक्रिय रहेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।
एसपी कटुवालले ती समूहमा संलग्न व्यक्तिहरू तथा उनीहरू बसोबास गर्ने घरहरूमा समेत निगरानी कडा बनाइएको जानकारी दिए। “निर्वाचन विरोधी कुनै पनि गतिविधि गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ,” उनले भने।

प्रहरीका अनुसार चुनाव बिथोल्ने गतिविधिमा संलग्न दुई जनालाई पक्राउ गरिसकिएको छ। अन्य शंकास्पद गतिविधिमाथि पनि सूक्ष्म निगरानी जारी रहेको प्रहरीले जनाएको छ। भोलि बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ। निर्वाचनका दिन निषेधित सामग्री लिएर मतदान स्थलमा नआउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ। मतदानका क्रममा शान्तिपूर्ण वातावरण कायम राख्न, कुनै किसिमको हुुलदंगा, झैझगडा वा अमर्यादित गतिविधि नगर्न पनि प्रशासनले चेतावनी दिएको छ।

एसपी कटुवालका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भइसकेको छ। मतदानका दिन सवारी साधन सञ्चालनमा रोक लगाइने भएकाले आपतकालीन काम बाहेक घरबाट ननिस्कन र मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत खसालेर शान्तिपूर्ण रूपमा घर फर्कन प्रशासनले आग्रह गरेको छ। प्रहरीले कुनै किसिमको कानुन वा निर्वाचन आचारसंहिता विपरीत गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न समेत सबै मतदातासँग अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्